रेड सिबाट तेल निर्यात सुचारु गर्दै साउदी

साउन १९, रियाद (साउदी अरेबिया) । साउदी अरेबियाले रेड सिबाट तेल निर्यात सूचारु गर्दैछ । शनिवार त्यहाँको सरकारी समाचार संस्था एसपीएले यस्तो समाचार सार्वजनिक गरेको हो । जुलाई २६ मा यमनी विद्रोही समूह हाउथीको आक्रमणपछि बब अल–मन्डेबबाट हुने निर्यात अस्थायी रुपमा बन्द गरिएको थियो । निर्यात सूचारु गर्न आवश्यक सबै प्रक्रियाहरु पूरा गरेर यस्तो निर्णय गरिएको ऊर्जा मन्त्री खालिद अल–फलिहको भनाई उद्धृत गर्दै समाचारमा भनिएको छ । एजेन्सी