साउन २०, काठमाडौं (अस) । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सुब प्रसाद रिजाल नियुक्त भएका छन् । यस अघि नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गरेका हिक्मत बहादुर भण्डारीलाई परिवर्तन गरी उप सचिव रिजालाई बैङ्कको सञ्चालकमा नियुक्त गरेको हो । कम्पनीको अध्यक्षमा माणिकरत्न शाक्य रहेका छन् सञ्चालकमा बम बहादुर मिश्र, सलोनिका सिंह, जमुना ढकाल र भेषराज कंडेल रहेका छन् ।





