राकमका ५२ एचआइभी संक्रमित महिला, जो भेदभावविरुद्ध लड्न सङ्गठित छन्
साउन २१, दैलेख । दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाललाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो । जब कामका लागि भारत गएका श्रीमानलाई एचआइभी संक्रमणले सताएपछि उपचारकै क्रममा उनको मृत्यु भयो । श्रीमानकै कारण आफू पनि एचआइभी संक्रमणमा परेर समस्यामा परेकी उनलाई छोराछोरीको लालनपालनमा समस्या छ । जेठी छोरीको बिहे भए पनि आफूसँग रहेको छोराको लालनपालनमा समस्या भएकाले बाख्रापालनजस्ता सजिलो व्यवसायमा स्थानीय सरकारले सहयोग गरे जीवन गुजारा गर्न सजिलो हुने उनी बताउँछिन् । बडुवाल मात्रै हैन एचआइभी संक्रमण भएर श्रीमान् गुमाएका करीब ५२ महिला राकममा छन् । अधिकारप्राप्ति र समाजमा गरिने भेदभाव विरुद्ध लड्न आफूहरू सङ्गठित हुनुपरेको उनीहरूको भनाइ छ । सङ्गठित भएर आवाज अठाउन थालेपछि अहिले एआरटी औषधि राकम कर्णाली स्वास्थ्य केन्द्रबाटै उपलब्ध भएकाले उनीहरूलाई धेरै सजिलो भएको छ । औषधि सेवन गर्नकै लागि सुर्खेत र दैलेख सदरमुकाम धाउनुपर्ने विगतको समस्या अहिले समाधान भएको छ । औषधिसँगै संक्रमित महिलालाई पोषिलो आहार, स्थानीयस्तरमै रोजगारी र व्यवसाय प्रवर्द्धनलगायतमा स्थानीय सरकारले चासो बढाएको आठबीस नगरपालिकाका प्रमुख खड्कराज उपाध्याय जोड दिन्छन् । नगरपालिकाले पोषणमा सहयोग पुगोस् भनेर मासिक रू. पाँच सयका दरले संक्रमितलाई भत्ता उपलब्ध गराउँदै आएको छ । संक्रमित भनेर समाजमा हेला हुन थालेपछि आफूहरू सङ्गठित भएको तुलसा माझी बताउँछिन् । ती सबै महिलाका श्रीमान् भारतमै रोजगारीका लागि गएका र एचआइभी संक्रमणले मृत्यु भएको माझीको भनाइ छ । जिल्लाका अधिकांश स्थानका बासिन्दा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता पुरानै हो । अहिले स्थानीय सरकारलाई गाउँमै रोजगारी र एचआइभी संक्रमितलगायत थुप्रै समस्यामा परेका नागरिकको जीवनरक्षाबारे पनि चासो … Continue reading राकमका ५२ एचआइभी संक्रमित महिला, जो भेदभावविरुद्ध लड्न सङ्गठित छन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed