साउन २२, काठमाडौं । मङ्गलवार नेप्से कारोबार भएको पहिलो एक घण्टाको अवधिमा परिसूचक शून्य दशमलव १४ प्रतिशतले बढेको छ । कारोबार शुरु भएको १० मिनेटपछि बढेको बजार एक घण्टाको अवधिमा १ दशमलव ६२ अङ्कले बढेर १ हजार १ सय ९२ दशमलव २९ विन्दुमा पुगेको छ ।
कारोबार भएका आठ समूहको परिसूचकमा चार समूहको परिसूचक बढेको छभने चार समूहको परिसूचक घटेको छ । ७५ कम्पनीको रू. १ करोड ६३ लाख बराबरको शेयर कारोबार भएको छ । नगद लाभांश प्रस्ताव गरेको फर्स्ट माइक्रोफाइनान्सको रू. ६५ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ ।