साउन २४, काठमाडौं (अस) । बिहीवार नेप्से परिसूचक शून्य दशलमव २७ प्रतिशतले घटेको छ । २ घण्टामा परिसूचक ३ दशमलव २२ अङ्कले घटेर १ हजार १ सय ८४ दशमलव १० विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ३३ कम्पनीको १ हजार ६ सय ४० पटकको व्यापारमा रू. ५ करोड ७७ लाख बराबरको शेयर कारोबार भएको हो । व्यापार, विकास बेङ्क, वित्त कम्पनी र जीवन वीमा समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ ।
जलविद्युत् समूहको परिसूचक १ दशमलव शून्य ५ प्रतिशत, नीर्जीवन बीमाको शून्य दशमलव ४७, लघुवित्तको शून्य दशमलव ४३, बैङ्किङको शून्य दशमलव ३ प्रतिशतले घटेको छ । साथै, ‘अन्य’ समूहको शून्य दशमलव २७ र होटलको शून्य दशमलव १२ प्रतिशतले घटेको हो ।