राजधानीमा बस्ने दोलखालीका लागि तामाकोशीको शेयर भर्न एक साताको समय थपियो

साउन २४, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदनका लागि एक साताको म्याद थप भएको छ । राजधानीमा बस्दै आएका दोलखाका बासिन्दाका लागि शुक्रवारसम्मको समयावधि भए पनि एक साताको म्याद थप गरिएको हो । थप गरिएको अवधिअनुसार आगामी भदौ १ गतेसम्म राजधानीमा शेयर आवेदन दिन सकिनेछ । यही साउन १६ गतेदेखि २५ गतेसम्म राजधानीमा आवेदन दिन पाउने अवधि भए पनि आवेदकको भीड बढेकाले एक साताको समयावधि थप गरिएको आयोजनाले बताएको छ । नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले बिहीवारै एक साता समय थप गरिएको जानकारी दिए । ‘स्थानीय बासिन्दा, आयोजना र बिक्री प्रबन्धकको बोर्डले एक साताको अवधि थप गरेको छ, बिक्री प्रबन्धकले शुक्रवार सूचना प्रकाशित गरेर जानकारी देलान् ।’ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले राजधानी काठमाडौंमा उत्साहप्रदरुपमा शेयर आवेदन भइरहेको जानकारी दिए । उनका अनुसार बुधवार साँझसम्ममा करीब ४५ हजारले आवेदन गरेको जानकारी विक्री प्रबन्धकले गराएको छ । बुधवार एकैदिन १५ हजारले शेयर आवेदन गरेका थिए । बिहीवार पनि बैङ्क तथा वित्तीय संस्थामा ठूलो भीड लागेका कारण करीब १५ हजारको थप आवेदन परेको हुनसक्ने उनको भनाइ छ । बुधवार अबेरसम्म रू.९७ करोड ८६ लाख बराबरको आवेदन परेको छ । बिहीवार कतिको आवेदन प¥यो भन्नेबारेमा शुक्रवार मात्रै जानकारी प्राप्त हुनेछ । आयोजनाले स्थानीय बासिन्दाका लागि रू.एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर विक्री गर्न लागेको थियो । सरकारी नियमानुसार स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर विक्री गरिन्छ । करीब पाँच गुणाबढी आवेदन पर्ने प्रवक्ता डा न्यौपानेले राजधानीमा नै करीब … Continue reading राजधानीमा बस्ने दोलखालीका लागि तामाकोशीको शेयर भर्न एक साताको समय थपियो