The following two tabs change content below.BioLatest Posts मदन लम्साल Latest posts by मदन लम्साल (see all) नयाँ ऐनको विरोध नगरौं – के नेपाल गरीब छ ? – पालो थिङ्क ट्याङ्कको – अघिल्लो साता नेपाल–भारत थिङ्क ट्याङ्क समिट सम्पन्न भयो । थिङ्क ट्याङ्क मतलव विचारै–विचारले भरिएको ट्याङ्की । अर्को शब्दमा यसलाई बुद्धिजीवी पनि भनिन्छ । बुद्धिजीवी भनेको बुद्धि बेचेर जीविका गर्ने व्यक्ति हो भनेर पनि बुझ्न सकिन्छ । खुशीको कुरा त यो छ कि, समिटले अबदेखि देशमा बुद्धिजीवीहरूको भूमिका जोडदार रूपमा बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । अब भने देशले ठूलै प्रगति गर्ने भो भन्ने कुरामा कुनै द्विविधा रहेन । त्यसो त नेउवा महासङ्घ, सीएनआई जस्ता व्यावसायिक संस्थाहरूले पनि थिङ्क ट्याङ्क राखेका छन् । त्यै भएर त देशमा यति धेरै उद्योगधन्दा चलेका, आर्थिक विकास फलेका ! अब प्रधानमन्त्री कार्यालयमा पनि विभिन्न विषयका थिङ्क ट्याङ्क राख्ने कुरा भइरा रै’छ क्यारे । विगतमा देश सोचेजति उँभो लाग्न नसकेको त्यै थिङ्क ट्याङ्क नभएरै हो । जे होस्, देशले छलाङ मार्ने सङ्केत अब चैं ल्याइसक्या छ । अहिलेसम्म त प्रधानमन्त्री स्वयम् एक्लैले सबै थोक सोच्नुपर्ने, काम पनि आफैले गर्नुपर्ने र खाल्डाखुल्टी पुर्नेदेखि विद्यार्थी भर्ना पनि आफै गर्न जानेसम्म गर्नुपर्ने भएकाले मात्र देश अलि पछिपरेको थियो । नेपालमा वास्तविक थिङ्क ट्याङ्क उही हो, जो नेताको दैलो चहार्ने धैर्य राख्छ, परिआए भाग्छ र सरकारी तालमा समृद्धिको राग अलाप्छ । हुन पनि विनाधैर्य थिङ्किङ हुँदैन । र, विनाथिङ्किङ थिङ्क ट्याङ्क पनि बनिन्न । अर्को खुशीको कुरा यो छ कि, पहिले पहिले नेपाली थिङ्क ट्याङ्कहरूबीच मात्रै छलफल हुन्थ्यो … Continue reading पालो थिङ्क ट्याङ्कको
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed