काठमाडौं (अस) । बैङ्क अफ काठमाण्डू (बीओके)ले ग्राहकलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्ने उद्दश्यले आफ्नो बैङ्किङ सेवा ‘बीओके स्मार्ट’ लाई परिमार्जित गरी थप सुविधा प्रदान गरेको छ ।
परिमार्जित गरिएको मोबाइल बैङ्किङ सेवामा ग्राहकले आफ्नो औंठाछापमार्फत लगइन एवम् कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको छ । यसका साथै ग्राहकले क्यूआर कोडमार्फत रकमान्तर गर्ने, फोन पेको नेटवर्कमा रहेको विभिन्न मर्चेण्टलाई रकम भुक्तानी गर्ने, एकाउण्ट ड्यासबोर्डमार्फत मौज्दातको विवरण हेर्न सकिने सुविधा उपभोग गर्न सक्नेछन् । नयाँ संस्करणमा ग्राहकले बैङ्कको शाखा, एटीएम तथा अन्य सेवाको जानकारी लिन सक्नेछन् । ग्राहकले गूगल प्ले स्टोरबाट नयाँ संस्करणको एप अधावधिक गरी यो सेवा उपभोग गर्न सक्छन् ।











