साउन २६, टोकियो (जापान) । सन् २०१८ को दोस्रो त्रैमासमा जापानको अर्थतन्त्रमा सुधार आएको छ । विश्वभर व्यापार विवाद बढेर आर्थिक वृद्धिदर नै सुस्ताउने हो कि भन्ने चिन्ताबीच जापानी अर्थतन्त्र भने बढेको हो । निजी खपतमा भएको वृद्धिले आर्थिक वृद्धिदरलाई टेवा दिएको हो । अप्रिल–जुन त्रैमासमा अर्थतन्त्र वार्षिक १ दशमलव ९ प्रतिशतले बढेको छ । यस वर्षको पहिलो त्रैमासमा भने अर्थतन्त्र २ वर्षयता पहिलो पटक खुम्चिएको थियो । समीक्षा अवधिमा अर्थतन्त्र वार्षिक १ दशमलव ४ प्रतिशतले मात्रै बढ्ने विश्लेषकहरुले अनुमान गरेका थिए । जुन त्रैमासमा उपभोक्ता खर्च बढेपनि कमजोर आन्तरिक मागका कारण वृद्धिदरमा दबाब सृजना भएको बताइएको छ । एजेन्सी
जापानी अर्थतन्त्रमा सुधार
तस्वीरः गेट्टी इमेज




