साउन २६, इस्तानबुल (टर्की) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीबाट आयातित स्टिल र आल्मुनियमका वस्तुमा दोब्बर शुल्क लगाएका छन् । डलरको तुलनामा टर्किश लिरा अति कमजोर बनेको भन्दै आल्मुनियममा २० प्रतिशत र स्टिलमा ५० प्रतिशत महसुल लगाइने एक ट्विटमा ट्रम्पले शुक्रवार बताएका थिए । टर्कीश राष्ट्रपति रेसेप तय्यीपले भने अमेरिकी महसुल वृद्धिको प्रतिकार गर्ने बताएका छन् । यस्तो प्रतिबन्ध र दबाबले सम्बन्ध मात्रै बिगार्ने र यो कुरा अमेरिकाले बुझ्नु पर्ने चेतावनी टर्कीको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
टर्कीमा के भइरहेको छ ?
विगत २४ घण्टामा अमेरिकी डलरको तुलनामा टर्कीको स्थानीय मुद्रा लिराको भाउ करीब २० प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा यो अहिले ४० प्रतिशतभन्दा बढीले कमजोर बनिसकेको छ । टेलिभिजनमा जनतालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति तय्यीपले पछिल्लो स्थितिलाई ‘आर्थिक युद्ध’को सङ्ज्ञा दिँदै नागरिकहरुलाई लिराको भाउलाई टेवा दिन आफूसँग भएको विदेशी मुद्रा र सुन साट्न आग्रह गरेका थिए । ‘यो घरेलु र राष्ट्रिय सङ्घर्ष हो,’ लिराको भाउमा आएको कमीतर्फ औल्याउँदै तय्यीपले भने ।
किन बिग्रियो अमेरिका–टर्किश सम्बन्ध ?
दुई देशबीच विविध विषयमा मतभेद छ । अमेरिकी पादरी एन्ड्रूउ ब्रुन्सनलाई टर्की सरकारले पक्राउ गरेपछि अमेरिका र टर्कीको सम्बन्ध चिसिएको हो । यसै मामिलामा अगष्टको शुरुमा टर्कीका न्याय तथा आन्तरिक मन्त्रीहरुमाथि प्रतिबन्ध लगाएको थियो । टर्कीले भने प्रतिबन्धित कर्डिस्टन वर्कर्श पार्टी र गुलेनिष्ट आन्दलोलनसँग सम्बन्ध राखेको आरोप ब्रुन्सनमाथि लगाउँदै आएको छ ।
ट्रम्पले इरानसँगको आणविक सम्झौता अस्वीकार गर्नुले पनि दुई देशीय सम्बन्ध चिसिएको हो । टर्कीमा आयात हुने करीब आधा तेल इरानसँग किन्दै खाएको छ । इरानमाथिको प्रतिबन्धले टर्कीश अर्थतन्त्रमा आघात पु¥याउने अर्थशास्त्रीहरुको अनुमान छ । एजेन्सीहरु




