ललितपुर पाटनस्थित पिमबहाल पुखु (पोखरी)मा माछा मार्न जाल हान्दै स्थानीय । जगमरु पुखु क्षेत्रीय विकास समितिको लगानीमा माछापालन गरिएको उक्त पोखरीबाट २–३ महीनाको अन्तरमा माछा निकाल्ने गरिएको छ । ती माछा स्थानीयलाई नै प्रतिकेजी तीन सय रुपैयाँमा विक्री गर्ने गरिन्छ । तस्वीरः रवि महर्जन/आर्थिक अभियान




