साउन २८, काठमाडौं (अस) । एक वर्षमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको नाफा ६१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको चौंथौ त्रैमासमा रू. ९ करोड ६ लाख ६६ हजार नाफा आर्जन गरेको कम्पनीले गत वर्ष भने रू. ३ करोड ५३ लाख १ हजार मात्र नाफा गरेको हो । गत वर्ष कुल आम्दानी अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशत घटेकाले पनि नाफामा कमी आएको हो । अघिल्लो वर्ष रू. १३ करोड २ लाख ६ हजार कुल आम्दानी गरेको कम्पनीले गत वर्ष भने रू. ७ करोड १३ लाख २६ हजार कुल आम्दानी गरेको हो । यस अवधिमा कम्पनीले विद्युत विक्रीबाट रू. ५ करोड २० लाख ७१ हजार आम्दानी गरेको छ ।
हाल रू. ९३ करोड ३० लाख १२ हजार चुक्तापूँजी रहेको यस कम्पनीको जगेडा कोष रकम रू. ३ करोड ९४ लाख ७९ हजार रहेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष जगेडा कोष रकममा ५७ प्रतिशतले कमी आएको छ । चौंथो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ९४ रहेको छ ।













