साउन २८, काठमाडौं (अस) । नेपाल एसबिआई बैङ्कको जगेडा ९२ दशमलव २९ प्रतिशत बढेको छ । अघिल्लो आवको तुलनामा गत आवमा बेङ्कको जगेडा कोष रकम बढेर रू. ४ अर्ब ७१ करोड पुगेको हो । बैङ्कले गत आवमा चुक्तापूँजी रू. ८ अर्ब ४ करोड पुर्याएको छ । बैङ्कको कुल सम्पत्तिमा २ दशमलव ६५ प्रतिशत वृद्धि भई रू. १ खर्ब २ अर्ब पुगेको हो । बैङ्कले रू. ७४ अर्ब ५० करोडको कर्जा प्रवाह गरेको छ ।
त्यस्तै, सोहि अवधिमा बैङ्कको खुद नाफा रू. २७ दशमलव ३७ प्रतिशत बढेर रू. १ अर्ब ९४ करोड पुगेको छ । साथै, खुद ब्याज आम्दानीमा ३९ प्रतिशत र सञ्चालन मुनाफामा ३० प्रतिशतको वृद्धि भएको छ । बैङ्कको निष्क्रिय कर्जा शून्य दशमलव २ प्रतिशत, पीई रेसियो २१ दशमलव ४ प्रतिशत, प्रति शेयर नेटवर्थ रू. १ सय ५९, तरलता अनुपात २६ प्रतिशत र प्रतिशेयर आम्दानी रू. २३ दशमलव ३२ रहेको छ ।