साउन २८, काठमाडौं (अस) । समता र मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रदमा आवेदन दिने मङ्गलवार (साउन २९) अन्तिम दिन रहेको छ । समता माइक्रोफाइनान्सले २ बराबर १ को अनुपातमा रू. १ सय अङ्कित दरको १ लाख ८९ हजार ६ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले असार २७ गतेदेखि हकप्रद निष्कासनमा ल्याएको हो । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि असार १२ गतेदेखि बुक क्लोज गरेकाले असार ११ गतेसम्म कम्पनीको शेयर किन्ने शेयरधनीले यो हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।
मिर्मिरे माइक्रोफाइनान्सले १ बराबर १ को अनुपातमा रू. १ सय अङ्कित दरको ४ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । मिर्मिरेले हकप्रद निष्कासनका लागि जेठ १८ गते बुक क्लोज गरेकाले जेठ १७ गतेसम्म कम्पनीको शेयर किन्ने शेयरधनीले यो हकप्रदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले असार २७ गतेदेखि हकप्रद निष्कासनमा ल्याएको होे । दुबै कम्पनीको विक्रि प्रवन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।




