जनकपुरपछि विराटनगरलाई रेलले जोडिन्छ : राजदूत पुरी

The following two tabs change content below.BioLatest Posts अभियान संवाददाता Latest posts by अभियान संवाददाता (see all) करदाता शिक्षा र घुम्तीसेवा ग्रामीण क्षेत्रमा – पीपीएमा नयाँ आधार तय : प्राधिकरणको एकाधिकार अन्त्य – रियल स्कूल अफ नेपाल २०१८ : नारायणघाटको सैनिक आवासीय महाविद्यालय बन्यो विजेता – काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले भारतबाट विराटनगरसम्म छिट्टै रेलवे सञ्चालनमा ल्याइने जानकारी दिएका छन् । भारतको ७२औं स्वतन्त्रता दिवसको अवसरमा मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा उनले जयनगर–जनकपुर रेलवेको परीक्षण सफल भइसकेको र यो सञ्चालनमा आएलगत्तै विराटनगरसम्म पनि रेल सञ्चालन ल्याइने बताएका हुन् । ‘रेलवे सञ्चालनमा आएपछि व्यापार सहजीकरण हुन्छ,’ उनले भने । कार्यक्रममा राजदूत पुरीले आगामी १० देखि १२ वर्षभित्र भारत र नेपाल रेलमार्गबाट पनि पूर्णरूपमा जोडिने विश्वास व्यक्त गरे । केही समय पहिलेसम्म भारतमा सडक तथा विद्युत्को समस्या भए पनि अहिले आफूहरू विद्युत्मा आत्मनिर्भर भइसकेको र नेपालको पनि आवश्यकता पूर्ति गरिरहेको उनले बताए । ‘अहिले भारतले नेशन वाटरलिङ्क प्रोजेक्ट अघि बढाएको छ,’ उनले भने, ‘वाटर वेजमा अब हामी नेपालसँग पनि जोडिन्छौं । गङ्गा, गण्डक, कोशीलगायतमा वाटर लिङ्केज हुन्छ ।’ यो परियोजना बन्नेबित्तिकै सामान ओसार–पसार गर्न सजिलो हुने उनले बताए । यही अगष्ट ३० र ३१ मा काठमाडौंमा हुने बिमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले पशुपतिनाथ परिसरको पशुपति धर्मशालाको उद्घाटन गर्ने जानकारी पनि राजदूत पुरीले दिए । नेपाली काङ्ग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं जोड्ने रेल चीन र भारत दुवै देशले अनुदानमा बनाइदिनुपर्ने बताएका छन् । नेपाल–भारतलाई हिन्दू र बुद्धिष्ट सर्किटमार्फत जोड्न सकिने … Continue reading जनकपुरपछि विराटनगरलाई रेलले जोडिन्छ : राजदूत पुरी