साउन ३०, काठमाडौं (अस) । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बुधवार नेप्से मार्फत सुचना जारी गरी कम्पनीको मङ्गलवार बसेको सञ्चालक समितिको बैठकले जारी चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको जानकारी दिएको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति पश्चात संस्थाको साधारण सभाले पारित गरेपछि वितरण योग्य हुनेछ । गत वर्ष कम्पनीले रू. ३ करोड ९५ लाख ५ हजार नाफा आर्जन गरेको छ । हाल रू. १० करोड १० लाख ८८ हजार चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा रू. ६ करोड ५४ लाख ३१ हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३९ दशमलव शून्य ८ रहेको छ ।