साउन ३०, काठमाडौं (अस) । बुधवार नेप्से परिसूचक शून्य दशमलव २२ प्रतिशतले बढेको छ । कारोबार खुलेदेखी उतारचडावमा रहेको बजार २ घण्टामा २ दशमलव ६५ अङ्कले बढेर १ हजार १ सय ८३ दशमलव ६३ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय २३ कम्पनीको २ हजार १ सय २० पटकको व्यापारमा रू. १२ करोड १५ लाख बराबरको शेयर कारोबार भएको हो । होटल, जलविद्युत, लघुवित्त र जीवन बीमा समूह बाहेक बाँकी समूहको परिसूचक बढेपछि समग्र बजार हरियो भएको छ ।
बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ४५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ३२ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव २८ प्रतिशतले बढेको छ । साथै, विकास बैङ्क, वित्त कम्पनी र ‘अन्य’ समूहको परिसूचक न्यून प्रतिशतले बढेको हो ।