अमेरिकाको वाशिङ्टन डीसीमा आयोजित ‘इण्टरनेशनल स्पेश स्टेशन रिसर्च एण्ड डेभलपमेण्ट कन्फ्रेन्स’मा सन् २०१७ को जुलाई १९ मा बोलिरहेका स्पेशएक्सका संस्थापक, सीईओ तथा प्रमुख डिजाइनर एवम् टेस्ला इङ्कका सह–संस्थापक एलन मस्कको फाइल तस्वीर । मस्कले हप्ताको शुरुमा साउदी अरेबियाको सार्वभौम कोषसँग टेस्लालाई ‘प्राइभेट’ बनाउन चाहिनेभन्दा बढी पैसा भएको लगानीकर्ताहरुलाई बताएका थिए । पब्लिक इन्भेष्टमेण्ट फण्ड (पीआईएफ)सँग करीब २ खर्ब ५० अर्ब डलरबराबरको सम्पत्ति छ । यस मामिलाबारे जानकार बैङ्करहरुका अनुसार पीआईएफले अहिलेसम्म टेस्ला सम्झौतामा लगानी गर्ने कुनै प्रतिबद्धता गरिसकेको छैन । कोषको धेरैजसो अचल सम्पत्ति रहेको र भएका नगद पनि अन्यत्र लगानी गरिसकेकोले मस्कले चाहेको जति लगानी गर्न नसक्ने बताएका छन् । तस्वीरः रोयटर्स




