प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको काममा प्रदेश सरकारको चासो, निर्माण छिटो सक्न निर्देशन
The following two tabs change content below.BioLatest Posts बीपी गौतम Latest posts by बीपी गौतम (see all) तिलोत्तमामा पूर्ण सरसफाइ अभियान : ५१ लाखमा ११ हजार डष्टबिन वितरण – सिण्डिकेट अन्त्यको प्रभाव : स्तरीय गाडी भित्र्याउन व्यवसायीको होड – घरपालुवा चौपाया बेवारिसे छाडे जरीवाना ! – साउन ३०, रूपन्देही । प्रदेश नम्बर ५ सरकारले प्रदेशस्थित राष्ट्रिय गौरवका आयोजना निर्माणकोे अवस्थाबारे जानकारी लिएको छ । आयोजनाको निर्माण सुस्त भइरहेको जनगुनासो बढिरहँदा मुख्यमन्त्री कार्यालयमा मङ्गलवार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका कामको प्रगतिबारे आयोजना प्रमुखसँग जानकारी लिएका हुन् । प्रदेशका सबै मन्त्री र सचिवसमेतको उपस्थितिमा मुख्यमन्त्री पोखरेलले आयोजनाका प्रमुखसँग आयोजनामा अहिलेसम्म भएको काम, खर्च, बाँकी काम र परियोजना सम्पन्न गर्न लाग्ने समय तथा रकमबारे बुझेका थिए । त्यसक्रममा मुख्यमन्त्री पोखरेलले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न आयोजना प्रमुखलाई निर्देशन दिए । उनले आयोजना समयमै पूरा हुुन नसक्दा सरकारको विकास र समृद्धिको लक्ष्य पूरा नहुने बताउँदै काम छिटो सम्पन्न गर्न प्रदेश सरकारले समेत सहयोग गर्ने बताए । प्रदेशमा राष्ट्रिय गौरवका आयोजनाका रूपमा रूपन्देहीमा गौतमबुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, लुम्बिनी गुरुयोजना, बर्दिया र बाँकेमा बबई सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन आयोजना, तराईका जिल्लालाई सडक यातायातको सञ्जालसँग जोड्न हुलाकी राजमार्ग, मध्यपहाडी पुष्पलाल लोकमार्गजस्ता महŒवपूर्ण आयोजना सञ्चालित छन् । छलफलमा आयोजनाका प्रमुखहरूले निर्माणका सन्दर्भमा देखिएका समस्याबारे जानकारी गराउँदै सबैको सहयोग र सहकार्य भए अब निर्माणमा ढिलाइ नहुने बताएका थिए । सोही क्रममा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्माले १० महीनाभित्र सञ्चालन गर्ने गरी विमानस्थल निर्माणको काम भइरहेको जानकारी गराए । उनले मुआब्जाको करीब रू.६ अर्ब समयमै निकासा हुनुपर्ने बताए । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले ४ दशकदेखि निर्माणको क्रममा रहेको लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम ५ वर्षभित्र सक्ने गरी काम भइरहेको जानकारी दिए । बबई सिँचाइ आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठ, सिक्टा सिँचाइ आयोजनाका वरिष्ठ इञ्जिनीयर प्रवीण श्रेष्ठ, भेरी बबई डाइभर्सन आयोजनाका प्रमुख ओमप्रकाश पुडासैनीलगायतले आयोजनाका अहिलेसम्मको प्रगति र काम गर्दाको समस्या सम्बन्धमा मुख्यमन्त्री पोखरेललाई जानकारी गराएका थिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed