काठमाडौं (अस) । मेगा बैङ्कले आकर्षक योजनासहितको अटो लोन योजान ल्यउाएको छ । बैङ्कले नारायणी अटो बिजनेशसँगको सहकानर्यमा सरल किस्तामा अटो लोन प्रदान गर्ने भएको हो ।
सहकार्यसँगै नारायणी अटो बिजनेशबाट गाडी किन्ने ग्राहकलाई मेगाले सुलभ दरमा १० वर्षे वित्तीय सुविधा प्रदान गर्ने बताएको छ । मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो बिजनेशका प्रबन्ध निर्देशक अनुपकुमार बरालले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार नारायणी अटो बिजनेशबाट कुनै पनि कम्पनीका गाडी लिँदा ग्राहकले १० वर्षसम्मको वित्तीय सुविधा पाउने भएका छन् । सहमतिसँगै अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेण्ट गरेपछि १५ हजार रुपैयाँ मासिक किस्तामै गाडी किन्न सकिनेछ । योजनअन्तर्गत प्रक्रिया शुरू गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।











