
Latest posts by दुर्गा लामिछाने (see all)
६ वर्ष जापान बसेर उतैको स्थायी बसोवास अनुमति (पीआर) पाइसकेकी हेटौंडाकी शारदा आचार्य विगत ३ वर्षदेखि नेपाल फर्किई यहीँबाट जापानका लागि भाषा अनुवादकको काम गरिरहेकी छिन् । उनीसँगै फर्किएका उनका श्रीमान् र उनी दुवैले अहिले घरमै बसीबसी इण्टरनेटको प्रयोगबाट राम्रो आम्दानी गरिरहेका छन् । ‘यो कामले गर्दा घरमा अशक्त ममी (सासू)को हेरचाह गर्दै, घर–परिवारलाई समय दिँदै जीवनका सारा आवश्यकता पनि पूरा गर्न सकिएको छ,’ आचार्य भन्छिन्, ‘हामीले पीआर भएका हिसाबले काम लिन पाए तापनि जापानी भाषामा राम्रो पकड भएका व्यक्ति भए राम्रो आम्दानी हुनेगरी हामी उनीहरूलाई घर बसीबसी गर्ने काम दिन सक्छौं ।’
पढ्दै गरेका विद्यार्थीका लागि आम्दानीको अवसरका बारेमा यो त एउटा मात्र उदाहरण हो । हरेक क्षेत्रमा गुणस्तरीय शीप तथा ज्ञानको खाँचो र मूल्य दुवै हुन्छ । भाषामा तपाईंको राम्रो दखल छ भने तपाईंका लागि अहिलेदेखि जीवनभरका लागि लेखन तथा सम्पादनको काम खाँचो पर्दैन । तपाईं बिहान वा दिउँसोको कलेज पढ्नुहुन्छ भने पनि बाँकी समयमा कुनै भाषा शिक्षण गर्ने कुनै संस्थामार्फत काम लिई आफ्नो आयस्रोत बनाउन सक्नुहुन्छ । यसका लागि आवश्यकता भनेको उक्त भाषामा तपाईंको दखल नै हो ।
यसबाहेक देशभित्रकै सञ्चारमाध्यम तथा प्रकाशन गृहमा पनि दिनको केही घण्टा काम गरेर राम्रो कमाइ गर्न सकिन्छ । त्यही काम घरमै ल्याएर गर्न मिल्ने पनि हुन्छ, जसले गर्दा तपाईं आफ्नो पढाइसँगै बेलाबेला समय निकालेर उक्त काम पनि गर्न सक्नुहुन्छ । नेपालमा विदेशगरी नेपाली र अङ्ग्रेजीका भाषागत ज्ञान भएकाका लागि धेरै अवसर छन् । त्यसबाहेक पछिल्लो समयमा चाइनिज, जापानिज, कोरियन, हिब्रु, जर्मनलगायत भाषाको ज्ञान हुनेहरूका लागि पनि अवसरका ढोका खुल्दै गएका छन् ।
कलेजमार्फत कामको खोजी
आफ्नो कलेजको जब प्लेसमेण्ट सेलसँग वा पूर्व विद्यार्थीसँग कतै आफूले गर्न सक्ने/भ्याउने काम पो पाइन्छ कि बुभ्mन सकिन्छ । त्यसैगरी आफ्नै कक्षाका साथीहरूबीच पनि यो सम्बन्धमा कुराकानी गरे उनीहरूका चिने–जानेका व्यक्ति/स्थानमा अवसर भेटिन सक्छ । त्यसैगरी कलेजहरूले आयोजना गर्ने ‘करीअर कनेक्शन फेयर’मार्फत पनि त्यहाँ उपस्थित सङ्घ, संस्था र कम्पनीहरूसँग सम्पर्क स्थापित गरी अवसर पाउन सकिन्छ ।
पढाइलाई सहयोग हुने काम गर्ने
खोजेको बेला पढाइसँग मिल्दो काम पाइएन भने तत्कालको आवश्यकता टार्न अन्य काम नै गरे पनि हुन्छ । तर, जहिले पनि मैले पढाइसँग मिल्दो र पढाइलाई सहयोग हुने काम गर्नु छ भन्ने मनमा राखेर सम्भावना खोजिरहनु पर्छ । जस्तै, तपाईं बीबीएसको विद्यार्थी हुनुहुन्छ भने मार्केटिङ, बैङ्क, फाइनान्सलगायत क्षेत्रमा, भाषा÷साहित्य पढ्नेले भाषा अनुवाद तथा सम्पादनको काम, शिक्षा सङ्कायमा पढ्नेले कुनै निजी विद्यालयमा काम गर्ने गर्यो भने पढाइसँगै भविष्यमा गर्ने कामका लागि थप ज्ञान÷अनुभवसमेत आर्जन हुन्छ । यसले वास्तविक करीअर जीवनमा ठूलो सफलता दिलाउँछ । यसका लागि आपूmले तत्काल गरिरहेको कामका साथी तथा अग्रजहरूसँग पनि कुरा गरेर आफ्नो पढाइसँग मिल्दो कामको अवसर खोज्न सक्छौं ।