साउन ३१, काठमाडौं (अस) । बोटर्लस नेपाल तराई र बालाजु कम्पनीले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छन् । उक्त वित्तीय विवरण अनुसार बोटर्लस नेपाल तराईले ४८ प्रतिशतले नाफा बढाएर रू. ७१ करोड ५४ लाख नाफा कमाएको छ । कम्पनीले उत्पादन विक्रीबाट रू. ५ अर्ब ६५ करोड आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । बोटर्लस नेपाल बालाजु कम्पनीको नाफा ४३ प्रतिशतले बढेर रू. १ अर्बभन्दा बढी पुगेको छ । कम्पनीले अघिल्लो आवमा रू. २७ करोड २८ लाख नाफा कमाएको थियो । चौंथो त्रैमाससम्ममा उत्पादन विक्रीबाट रू. ९ अर्ब ८३ करोड आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो ।

बोटर्लस नेपाल तराईको नाफामा ४८ र बालाजुको ४३% ले वृद्धि











