भदौ १, काठमाडौं (अस) । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आवको चौंथो त्रैमासमा रू. ९५ लाख ८७ हजार खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही समयमा कम्पनीले रू. ८५ लाख ३१ हजार खुद नाफा कमाएको थियो । गत आवको चौंथो त्रैमासमा कम्पनीको चुक्तापूँजी रू. ६ करोड ५९ लाख ७७ हजार रहेको छ । कम्पनीले रू. ६१ करोड ७५ लाख कर्जा प्रवाह गरेको छ भने रू. १७ करोड ३७ लाख निक्षेप सङ्कलन गरेको छ । साथै, कम्पनीले रू. १० लाख लगानी गरेको छ । गत आवको चौंथो त्रैमासमा रू. ४ करोड ३७ लाख ६३ हजार खुद ब्याज आम्दानी रहेको कम्पनीको सञ्चालन नाफा रू. १ करोड ३८ लाख २१ हजार रहेकोे छ ।
अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा कम्पनीले गत आवको सोही समयमा २ गुण बढी खराब कर्जा उठाउन सफल भएको छ । अघिल्लो आवको चौंथो त्रैमासमा रू. ६ लाख १४ हजार खराब कर्जा उठाएको कम्पनीले गत आवको सोही समयमा रू. १२ लाख ४४ हजार उठाउन सफल भएको छ । कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ४२ प्रतिशत, प्रति शेयर आम्दानी रू. १४ दशमलव ५३ र तरलता अनुपात ४ दशमलव ५६ प्रतिशत रहेको छ ।