भदौ २, धरान (अस) । धरान उपमहानगरपालिकाले वृद्धि गरेको अवैज्ञानिक करको समायोजन गरिनुुपर्ने माग गर्दै धरानमा आन्दोलनको घोषणा गरिएको छ ।
धरानको लोकतान्त्रीक चौतारीबाट आन्दोलनको घोषणा गर्दै स्थानीय तहका प्रतिनिधित्व गरेका पार्टीले बहुमतको दम्भ देखाउँदै धरानका जनतालाई जबरजस्ती करको मारमा पारेको आरोप लगाइएको छ । स्थानीय तहले मनपरी कर बढाएको भन्दै नेपाली काङ्ग्रेस धरान नगर समितिले अवैज्ञानिक कर समायोजन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिंदै शनिवारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
धरानका जनताहरुसँग छलफल नगरी बढाएको करको विरुद्धमा उठेको आन्दोलन अब नरोकिने आन्दोलनकर्ताको भनाई छ । कर्मचारीहरुले नगरपालिका चलाईरहेकै अवस्थामा जस्तो जनप्रतिनिधिहरु आईसक्दा पनि पुरानै प्रक्रिया हाबी भएको काङ्ग्रेसका नगर सभापति तिलक राईले आरोप लगाए ।
धरान १ स्थित लक्ष्मी सडकबाट निस्किएको विरोध र्याली लोकतान्त्रिक चौतारीमा कोण सभा गर्दै आन्दोलनको घोषणा गरेको थियो । धरान उपमहानगरपालिकाको भौगोलिक, आर्थिक अवस्थालाई अध्ययन गरी कर समायोजन गरिनुपर्ने माग उनीहरुको छ ।










