कानूनी सिद्धान्तको टेकोमा नयाँ ऐन
प्रधान न्यायालयदेखि हालसम्म कमन लको औपचारिक ढाँचाकाँचाबाट चल्दै आएको न्यायप्रणालीलाई पर्याप्त अनुसन्धानविना एकाएक कण्टिनेण्टल प्रणालीका अवधारणाहरूबाट विस्थापित गरेर संहिताहरू ल्याउने क्रममा बेढङ्गले दुई कानून प्रणालीका अवधारणालाई एउटै भाँडोमा अटाउन खोजिएको छ । फरकफरक कानून प्रणालीका अवधारणालाई आफ्नो कानूनप्रणालीको सुधारका निमित्त ग्रहण गर्दा कतिसम्म ग्रहण गर्ने, तिनलाई समन्वयात्मक ढङ्गले कसरी समायोजन गराउने भन्ने विचारणीय पक्षतर्पm अगुवाहरूले ध्यान दिन नसक्नाले यो संहिता राम्रो बनाउन खोज्दा बनेको ऊँट जस्तो बन्न पुगेको छ । हुन त हेर्ने दृष्टि हो, कसैलाई ऊँट नै राम्रो लाग्न सक्छ । तर, संहिताबद्ध कानूनको अर्थ भनेको कानूनको प्रणालीगत वा सिष्टमेटिक व्यवस्थितीकरण हो न कि सामान्य सङ्कलन । संहिताबाट सिद्धान्त ग्रहण गरेर तिनै सिद्धान्तको व्याख्याद्वारा न्याय प्रदान गर्नुपर्ने हुन्छ । यर्सथ कानूनमा छैन भनेर न्याय दिनबाट न्यायाधीश पन्छिन पाउँदैनन् । नजीरगत प्रणाली र संहिताबद्ध प्रणाली एकैपटक अवलम्बन गर्न सकिँदैन । हाम्रा शुरू अदालतका न्यायाधीशहरूले संहिताबाट आफ्नो तरिकाले सिद्धान्त पत्ता लगाई त्यसै आधारमा के कति न्याय देलान् भन्नेमा आशङ्काकै अवस्था छ । संहिताबाट सिद्धान्त डेराइभ गर्ने न्यायाधीशलाई छूट हुने हुनाले पूरानै नजीर मान्नैपर्ने बाध्यता रहन्न । अतः न्यायिक सृजनात्मकता वा जुडिसियल क्रियटिभिटी देखाउन सक्ने न्यायाधीशलाई अब शुरू तहको फैसलामै मानक फैसला गर्ने अवसर पनि छ । तर, कमन लबाट दीक्षित हुँदै आएको न्यायप्रणाली सम्हालिएर अघि बढ्ला नबढ्ला चिन्ताकै विषय हो । किनभने दुई विपरीत र परस्परमा चामल र ढुङ्गाजस्तो ठ्याक्कै छुट्निे पद्धतिहरूलाई अत्यन्त भद्दा ढङ्गले संहितामा अटाउन खोजिएको छ । विधायिकी आफै स्पष्ट छैन संहिता भन्ने चिज ल्याएर ऐन भन्ने शब्द हटाउनुको तात्पर्य के हो (यस्तो स्थितिमा बोकेको कुकुरले मृग मार्ला … Continue reading कानूनी सिद्धान्तको टेकोमा नयाँ ऐन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed