मालढुङ्गा–बेनी सडक चौबीसै घण्टा सहज

The following two tabs change content below.BioLatest Posts रोशन तिवारी Latest posts by रोशन तिवारी (see all) स्थानीय तहको अनुदान रोक्का – परम्परागत प्रविधिमै अल्झियो कृषि प्रणाली – बहुमूल्य प्राकृतिक स्रोत अलपत्र – पर्वत । सानातिना पहिरोले सताउने मालढुङ्गा–बेनी सडकमा यो वर्ष सवारी रोकिएर यात्रुले खासै सास्ती भोग्नुपरेको छैन । १३ किलोमिटर लामो यो सडकमा अहिले २४सै घण्टा मर्मतका लागि जनशक्ति परिचालन गरिएको हुनाले सडक सहज बनेको हो । सडकमा बर्खा लागेसँगै पहिरो झर्ने क्रम भने विगत वर्षझैं निरन्तर छ । तर, सडकमा पहिरो झर्‍यो भने पन्छाउनका लागि ३ ओटा ठूला एक्स्याभेटरसहित एक मिनी एक्स्याभेटर, टिपर, मिनिटिपर, मिनि डम्फर र त्यससँग सम्बन्धित प्राविधिक, कर्मचारी र मजदूर खटिएपछि अहिले पहिरो खस्नासाथ सडक सफा गर्न थालिएको छ । सडक डिभिजन कार्यालयले उक्त व्यवस्था गरेपछि जोखीम हट्दै गएको छ भने अवरोध हुनासाथ सडक खुलाउने गरिएको छ । यो सडक हुँदै पोखराबाट मुस्ताङसम्म र मुस्ताङबाट पोखरादेखि काठमाडौं र देशका विभिन्न ठाउँमा दैनिक ३ हजारभन्दा बढी सवारी गुड्ने गरेका छन् । सडकमा खटिएका १० भन्दा बढी कामदार, एक्साभेटर र ट्रिपरले तत्कालै पहिरो पन्छाएपछि यात्रामा सहज भएको सवारीचालक साजन परियारले बताए । सडक विभागअन्तर्गतको बाग्लुङस्थित सडक डिभिजन कार्यालयले यो १३ किलोमिटर सडकको ४ स्थानमा छुट्टाछुट्टै समूह परिचालन गरेको छ । ‘जतिसुकै ठूलो पहिरो गए पनि यो सडक आधा घण्टाभन्दा बढी रोकिएका छैनन्,’ सडकमा काम गर्दै गरेका प्राविधिक नवराज सुवेदीले भने, ‘हामी यही १३ किलोमिटरमा खटिएका छौं ।’ सडक विभागले भर्खरै ल्याएको मिनि एक्स्याभेटरले सडकको सानो–सानो नाली सफा गर्न पनि सहज भएको प्राविधिकहरूले बताए । समस्या देखिने … Continue reading मालढुङ्गा–बेनी सडक चौबीसै घण्टा सहज