भदौ ३, काठमाडौं (अस) । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आवको चौंथो त्रैमाससम्ममा चुक्तापूँजी रू. ७ करोड पुर्याएको छ । सो समयमा कम्पनीले रू. ८२ करोड ८२ लाख ५६ हजार कर्जा प्रवाह गरेको छ भने रू. ६ करोड ८६ लाख १४ हजार निक्षेप सङ्कलन गरेको छ । गत आवको चौंथो त्रैमासमा कम्पनीको खुद नोक्सान रू. ४९ लाख ५१ हजार रहेको छ । साथै, कम्पनीको खुद ब्याज आम्दानी रू. १३ लाख २२ हजार र सञ्चालन नाफा रू. ५१ लाख १८ हजार ऋणात्मक रहेको छ । कम्पनीको जगेडा कोषमा रू. ४९ लाख ५१ हजार ऋणात्मक रहेको छ । सम्भावित जोखिमका लागि रू. ८४ लाख ४९ हजार छुट्याएको कम्पनीले रू. १ लाख ६६ हजार खराब कर्जा उठाउन सफल भएको छ ।






