भदौ ३, काठमाडौं (अस) । सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ४८ लाख २१ हजार पुगेको छ । गत आर्थिक वर्षको चौंथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको चुक्तापूँजी अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशतले बढेको हो । सूर्या लाइफले हकप्रद र बोनस शेयरबाट चुक्तापूँजी बढाएको हो । गत चौंथो त्रैमासमा कम्पनीले रू. १२ करोड १२ लाख ६५ हजार नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ८ दशमलव ७९ प्रतिशत बढी हो ।
यस अवधिमा कम्पनीले अघिल्लो वर्षभन्दा साढे ३० प्रतिशत बढी रू. १ अर्ब ७४ करोड ७३ लाख ५७ हजार बीमाशूल्क आर्जन गरेको छ । चौंथो त्रैमासमा कम्पनीले १ हजार २ सय जनालाई रू. २१ करोड ९६ लाख ५७ हजार दाबी भुक्तानी गरेको छ । कम्पनीको जगेडा कोष रकम रू. २७ करोड ५६ लाख ४० हजार र जीवन बीमा कोष रकम रू. ३ अर्ब ५८ करोड ६ लाख ७१ हजार रहेको छ । यस अवधिमा बीमालेख धितोमा रू. २६ करोड ३९ लाख ४१ हजार कर्जा उपलब्ध गराएको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ११ दशमलव शून्य ८ रहेको छ ।






