रौतहट (अस) । कम्प्युटर एशोसिएशन नेपाल (क्यान), रौतहटको आयोजनामा शनिवार चन्द्रनिगाहपुरमा प्रदेशस्तरीय आईटी सम्मेलन भएको छ । चन्द्रपुर नगरपालिकालाई स्मार्टसिटी बनाउने नेपाल सरकारको योजना रहेकाले उक्त योजनालाई सार्थक बनाउने अभियानस्वरूप सूचना–प्रविधिसम्बन्धी एकदिने सम्मेलन आयोजना गरिएको क्यान महासङ्घ, प्रदेश नं २ ले बताएको छ ।
कार्यक्रममा प्रदेशको दीर्घकालीन योजना तथा नीतिका लागि प्रविधिमार्फत के कसरी सहयोग पु¥याउन सकिन्छ भन्नेबारे छलफल भएको थियो । यस्तै, साइबर अपराध, ह्याकिङ, स्मार्टसिटी र कम्प्युटर सुरक्षा विषयमा अन्तरक्रिया गरिएको क्यान महासङ्घ, २ नं प्रदेशका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए । प्रविधिकोे विकाससँगै गोप्य सूचना चोरी हुने जोखीमसमेत रहेकाले सङ्घ–संस्था, व्यावसायिक प्रतिष्ठान, कम्पनी र सर्वसाधारणले कम्प्युटर, ईमेल तथा इण्टरनेटको प्रयोगमा सुरक्षा अपनाउनुपर्ने बताए ।
रौतहटमै पहिलोपटक भएको उक्त आईटी सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले गरेका थिए । साइबर सुरक्षासम्बन्धी जनचेतना जगाउन सम्मेलन महत्त्वपूर्ण हुने अपेक्षा उनले गरे । सूचना तथा प्रविधिको प्रयोग सबैले गर्नुपर्ने भन्दै उनले यसको सदुपयोगमा जोड दिए । सेमिनारमा २ नं प्रदेशका आठओटै जिल्लाका प्रतिनिधिका साथै विद्यार्थी, शिक्षकलगायत सहभागी रहेको को सहभागिता रहेको क्यान रौतहटका अध्यक्ष जितेन्द्र साहले बताए ।











