चितवनमा बीमा गराउनेभन्दा माग दाबी बढी

भदौ ४, चितवन । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा बीमा गराए पनि उपचार गराउन चितवन आउने भएकाले उपचार गराउनेको सङ्ख्या बढी देखिएको हो । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईका अनुसार जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या एक लाख ६७ हजार छ । तर बीमा मार्फत उपचार गराएर माग दाबी गर्नेको सङ्ख्या एक लाख ८९ हजार ९ सय ९४ पुगेको छ । जिल्लामा बीमा गराउनेमध्ये सबैको माग दाबी छैन । अस्पतालबाट माग दाबी भई आएको तथ्याङ्क हेर्ने हो भने जिल्ला बाहिरबाट चितवनमा उपचार गराउन आउनेको सङ्ख्या बढी देखिएको छ । नवलपरासी, मकवानपुर, धादिङ, गोर्खा, बारा, पर्सा, रौतहटलगायतका जिल्लाबाट चितवनका अस्पतालमा उपचार गराउन आउने गरेका छन् । कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी बीमा माग दाबी गर्ने चितवन मेडिकल कलेज रहेको छ । पूर्वी चितवनमा रहेको गुञ्जमान अस्पतालमा बीमा गर्ने बिरामी खासै नजाने देखिएको छ । सो अस्पतालले अहिलेसम्म एक जनाको पनि बीमा माग दाबी गरेको छैन् । मेडिकल कलेजले अहिलेसम्म एक लाख एक हजार ८० को बीमा माग दाबीको निवेदन पठाएको छ । सबैभन्दा कम मनकामना अस्पतालले ४ सय ४३ को बीमा माग दाबी गरेको छ । भरतपुर अस्पतालले ३७ हजार ६ सय ६५, रत्ननगर बकुलहर अस्पताल रत्ननगरले १४ हजार १ सय ५, भरतपुर आँखा अस्पतालले १२ हजार ६७ को माग दाबी गरेका छन् । कलेज अफ मेडिकल साइन्सेज भरतपुरले १० हजार ५ सय १८, खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीले ६ … Continue reading चितवनमा बीमा गराउनेभन्दा माग दाबी बढी