मनोमानी कर वृद्धि रोक्न सांसदको माग
भदौ ४, काठमाडौं । प्रतिनिधिसभाको सोमवारको बैठकको शून्य समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाँड सेक्ने काम गरिएकामा आपत्ति ब्यक्त गरेका छन् । स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भए पनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय गरेको उनीहरुको गुनासो छ । करका विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएकाले तत्काल यस विषयमा स्पष्ट निर्देशन दिन सांसदहरूले सरकारसंग आग्रह गरेका छन् । जनताले तिर्न नसक्ने र क्षेत्राधिकार नै नभएका विषयमा समेत कर लगाएर सङ्घीय शासन प्रणालीमा नै आँच आउने काम नगराउन सांसदहरुले सदन र सरकारको ध्यानकर्षण पनि गराए । सांसद गगन थापाले विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्दै भौतिक पूर्वाधार निर्माण गर्दा विशेष ख्याल गर्न आग्रह गरेका छन् । रासस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed