भदौ ६, काठमाडौं (अस) । घलेम्दी हाइड्रोले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएको छ । कम्पनीले १५ लाख ५५ हजार ७ सय ७० कित्ता सर्वसाधारणका लागि आईपीओ जारी गर्नका लागि भदौ ५ गते सेबोनमा निवेदन दिएको हो । जसमध्ये कम्पनीले यसअघि स्थानियका लागि जारी गर्दा नबिकेको ४ लाख ५५ हजार ७ सय ७० कित्ता समेत गरी आईपीओ जारी गर्न लागेको हो । कम्पनीको विक्री प्रवन्धकमा भिबोर क्यापीटल रहेको छ ।
आईपीओ निष्कासनका लागि घलेम्दीको सेबोनमा निवेदन




