भदौ ७, हाउसटन (अमेरिका) । जुलाइ महीनामा अमेरिकाले मेक्सिकोमा भएको प्राकृतिक ग्यास पाइपलाइनको निर्यात बढेको अमेरिकी उर्जा सूचना विभाग (इआईए) ले बताएको छ । जुलाइमा प्राकृतिक ग्यास पाइपलाइन निर्यात पहिलो पटक प्रति दिन ५ अर्ब क्युविक फिट नाघेको तथ्याङ्क छ । जुलाइको अन्त्यमा मेक्सिकोको पञ्च वर्षिय ग्यास पूर्वाधार विस्तार योजनाको प्रमुख रणनीति मानिएको ६ मध्ये चारओटा अतिरिक्त पाइपलाइन्सले पनि व्यावसायिक सञ्चालनको शुरुआत गर्ने योजना बनाइएको छ ।
नयाँ पाइपालाइनले मेक्सिकोको केन्द्र र दक्षिण क्षेत्रका टाढाका स्थानमा प्राकृतिक ग्यास पुर्याउने बताइएको छ । मेक्सिकोको घरेलु ग्यास उत्पादनमा आएको कमीलाई अमेरिकाबाट भएको निर्यातले भरपाइ गर्ने विश्वास इआईएको छ । यसले मेक्सिकोको औद्योगिक क्षेत्र ग्यासबाट चल्ने उत्पादन केन्द्रको बढ्दो मागलाई पनि धान्ने विश्वास लिइएको छ । रासस/सिन्हवा




