The following two tabs change content below.BioLatest Posts मदन लम्साल Latest posts by मदन लम्साल (see all) नयाँ ऐनको विरोध नगरौं – के नेपाल गरीब छ ? – पालो थिङ्क ट्याङ्कको – अहिले देशमा दुुई प्रकारका विषय हिट छन् । बाँकी सबै कुरा फाल्तु हुन् । त्यसमा पहिलो, कानूनी संहिताको नयाँ संस्करण मुलुकी अपराध संहिता २०७४ र देवानी संहिता २०६४ जुन भदौ १, २०७५ देखि लागू भएकोमा केही मुठ्ठीभर मानिसको विरोध । दोस्रो, छोटे सरकार अर्थात् स्थानीय सरकारहरूले सोच (शौच होइन) कर अर्थात् मनले सोचेजति किसिमका लगाउन थालेकोमा विरोध । यी दुईबाहेक देशमा गर्नुपर्ने अरू कुनै काम, घटना, प्रसङ्ग क्यै नभएकाले पनि अहिले यी दुई कुरा मात्र चर्चामा आएका हुन् । यी दुवै विषयमा मानिसहरू विभक्त छन् । दुवै विषयका तर्कशास्त्रीहरू आ–आफ्ना अडानमा अडिग छन् । तर्क र विरोधका पनि आ–आफ्नै शैली छन् । कोही कालाकोटमा, कोही पेटीकोटमा, कोही प्याण्टमा, कोही अण्डरप्याण्टमा, कोही पत्रिकाका पानामा, कोही समाजिक सञ्जालका भित्तामा । तर्क पनि कस्ता कस्ता ! छोटे सरकारहरूले कर बढाउने, तर दोष जति बढे सरकारलाई ? ऐन पास गर्ने संसद्, गाली खाने सरकार ? यो त ‘मकै खाने कालु’ दोष पाउने भालु’ भनेजस्तो भएन र ? अझ कति त यो सङ्घीय सरकारलाई कम्युनिष्ट पार्टीकै अन्तिम सरकार बन्दै छ भन्नेसम्म तर्क गर्न भ्याएका छन् । तर्क गर्नेहरूले के हेक्का राखेको देखिँदैन भने रूपमा वा नाममा नेपाल कम्युनिष्ट पार्टी भए पनि सारमा यो प्रजातान्त्रिक पार्टी नै हो । भलै कुन खालको प्रजातान्त्रिक पार्टी, राणा शासनकालीन हो, शाह शासनकालीन हो वा माओको जस्तो प्रजातान्त्रिक … Continue reading नयाँ ऐनको विरोध नगरौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed