राजेश जीसी
प्यूठान । जिल्ला सदरमुकाम खलङ्गाकेन्द्रित सरकारी कार्यालय स्थानीय तहमा पुगेपछि खलङ्गा बजार सुनसान बनेको छ । खलङ्गा १ वर्ष अघिसम्म पनि जिल्लाभरका साथै छिमेकी जिल्ला अर्घाखाँचीको भुमेकास्थान नगरपालिकाका र अन्य केही स्थानका बासिन्दाको व्यापारिक केन्द्रको रूपमा थियो । तर, पछिल्लो समय सबैजसो सरकारी कार्यालय स्थानीय निकायले नै सञ्चालन गरेपछि यहाँ सेवाग्राहीको आगमन घटेको छ ।
सेवाग्राही घटेपछि व्यापार व्यवसायसमेत खस्किएको मल्लरानी गाउँपालिका–४, खलङ्गाका व्यापारी पूर्णबहादुर श्रेष्ठले बताए । ‘व्यापार ९० प्रतिशत घटेको छ,’ उनले भने, ‘पहिले दैनिक दशौं हजारको व्यापार हुने गरेकोमा अहिले २ हजारको पनि व्यापार हुँदैन ।’ यस्तै, स्थानीय तहको निर्वाचनपछि खलङ्गाको व्यापार व्यवसाय नै सङ्कटमा परेको अर्का स्थानीय व्यापारी भरतकुमार श्रेष्ठले बताए ।
स्थानीय तहको निर्वाचन हुनुअघि सदरमुकाम खलङ्गा बजारमा मानिसको ठूलै चहलपहल हुन्थ्यो । तर, स्थानीय तहको निर्वाचनपछि सदरमुकामको अधिकार स्थानीय तहमा गएको छ । स्थानीयस्तरमै अधिकांश सेवा उपलब्ध हुन थालेपछि सदरमुकाम आउने घटेका हुन् । यद्यपि, जिल्ला अदालतका साथै केही कार्यालयमा भने मानिसको चहलपहल उस्तै रहेको छ ।
खलङ्गामा उद्योग, कलेज, पर्यटकीय, भौतिक पूर्वाधारलगायतको क्षेत्रमा पर्याप्त लगानी नहुँदा व्यावसायिक गतिविधि घटेको स्थानीयको भनाइ छ । यहाँ पुराताŒिवक तथा धार्मिक महŒवका गणेश मन्दिर, शिवालय मन्दिर, झाक्रीस्थान, मल्लरानी डाँडा जस्ता पर्यटकीय स्थल छन् । तिनको संरक्षण र प्रवद्र्धन र प्रचारप्रसार गरी पर्यटक आगमन बढाउनुपर्नेमा उनीहरूले जोड दिए । जिल्ला सदरमुकामको विकासका लागि पर्यटन महŒवपूर्ण हुने मल्लरानी गाउँपालिकाकी उपाध्यक्ष सरिता जिसीले बताइन् ।