५ अर्ब ७५ करोडको काठ आयात, स्वदेशी जङ्गलका काठ सडेर जाने अवस्था
भदौ १०, काठमाडौं । वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहे पनि गत आर्थिक वर्षमा मात्रै रू. ५ अर्ब ७५ करोडको काठ आयात भएको छ । भन्सार विभागका अनुसार आव २०७४/७५ मा भारत, चीन, इण्डोनेशिया, मलेशिया, म्यान्मार, सिङ्गापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग हुने फ्रेमलगायत काठजन्य सामान आयात भएका छन् । इण्डोनेशिया, मलेशिया, म्यान्मार, युक्रेनलगायत मुलुकबाट रू. १ अर्ब ५१ करोड ५० लाख १५ हजारको गोलिया काठ आयात भएको विभागका निर्देशक विनोदशरण आचार्यले जानकारी दिए । उनले भनले ‘गत आवमा भारत, चीन, म्यान्मार, इण्डोनेसिया, सिङ्गापुरलगायत मुलुकबाट रू. १ अर्ब ६३ करोड ६३ लाख ७० हजार बराबरको चिरान काठसमेत आयात भएको छ ।’ यस बाहेक भारत, चीनलगायत मुलुकबाट रू. ६३ करोड ८३ लाख ४ हजार मूल्य बराबरको काठका प्लाई तथा बोर्ड आयात भएको देखिन्छ । नेपालमा प्लाई काठ सबैभन्दा बढी भारत र चीनबाट आयात हुने गरेको छ । साथै झ्याल ढोकामा प्रयोग हुने फ्रेमदेखि दाँत कोट्याउने टुथपिकसम्मका काठका सामान पनि विदेशबाट आयात हुने गरेको छ । विभागका अनुसार गत आवमा मुलुकमा कुल वस्तु आयात रू. १२ खर्ब ४२ अर्ब ८३ करोड मूल्य बराबरको भयो । निर्यात भने जम्मा रू. ८१ अर्ब १९ करोडको मात्र भएको देखिन्छ । वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार आव २०७४/७५ मा मुलुकभित्र सरकारी, सामुदायिक र निजी वनक्षेत्रबाट गरी कुल १ करोड ७५ लाख ५२ हजार घनफिट काठ उत्पादन भएको थियो । काठको माग भने वार्षिक ३ करोड घनफिटको हाराहारी रहेको छ । आपूर्ति व्यवस्था झण्झटिलो काठको आपूर्ति व्यवस्था झण्झटिलो भएर … Continue reading ५ अर्ब ७५ करोडको काठ आयात, स्वदेशी जङ्गलका काठ सडेर जाने अवस्था
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed