The following two tabs change content below.
सुनसरी । काठमाडौं (अस) । प्रदेश नम्बर २ मा रहेको जानकी मेडिकल कलेज तथा टिचिङ हस्पिटल (जेएमसी)ले स्वास्थ्य सचेतना बढाउन १ महीने ‘मेडिकल क्याम्प’ सञ्चालन गरेको छ । भदौ महीनाभर सञ्चालन हुने उक्त क्याम्पमा सर्वसाधारणले निःशुल्क स्वास्थ्य परीक्षण, बढीभन्दा बढी छूटमा अर्थोपेडिक, गाइनोलोजिष्टलगायत सम्बन्धमा स्वास्थ्यसेवा पाउने जेएमसीले बताएको छ ।
अस्पतालका निर्देशक तथा कार्डियालोजिष्ट डा. अजय मिश्रले यो अवधिमा दैनिक हजार जनाले स्वास्थ्यसेवा लिइरहेको बताए । सर्वसाधारणलाई सस्तोमा स्वास्थ्यसेवाको पहुँच पुर्याउनु नै क्याम्पको उद्देश्य भएको उनको भनाइ छ । मेडिकल शिक्षा तथा स्वास्थ्यक्षेत्रमा १६ वर्षदेखि समर्पित जेएमसीले हालसम्म ७–८ सय एमबीबीएस विद्यार्थी तथा सयौं नर्सिङ तथा बीएससीका विद्यार्थी उत्पादन गरिसकेको छ ।











