तिलोत्तमा औद्योगिक ग्राम स्थापनाको तयारी, उद्योग मन्त्रालयले जग्गाको निरीक्षण गर्यो
The following two tabs change content below.BioLatest Posts बीपी गौतम Latest posts by बीपी गौतम (see all) तिलोत्तमामा पूर्ण सरसफाइ अभियान : ५१ लाखमा ११ हजार डष्टबिन वितरण – सिण्डिकेट अन्त्यको प्रभाव : स्तरीय गाडी भित्र्याउन व्यवसायीको होड – घरपालुवा चौपाया बेवारिसे छाडे जरीवाना ! – भदौ ११, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि पहल शुरु गरेको छ । नगरमा साना तथा घरेलु उद्योग स्थापनाका लागि उचित वातावरणको व्यवस्थापन गर्न वडा नं. १० मा ‘तिलोत्तमा औद्योगिक ग्राम’ स्थापनाको तयारी थालिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । वडा नं. १० को रोहिणी नदी पुलसँगै जोडिएको उत्तर तर्फको क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्नको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले प्रस्ताव गरेको जग्गाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आएको टोलीले निरीक्षण समेत गरेको छ । मन्त्रालयको टोलीमा सहभागी विज्ञ लक्ष्मण भट्टराईले नगरपालिकाले अघि सारेको जग्गा औद्योगिक ग्रामका लागि उपयुक्त रहेको बताए । ‘औद्योगिक ग्रामको अवधारणा साना उद्योगहरुका लागि हो । तिलोत्तमाले देखाएको जग्गामा औद्योगिक ग्राम स्थानपना गर्न सकिन्छ,’ उनले भने । साउन दोस्रो साता रुपन्देही आएको टोलीले सो क्षेत्रको अवलोकन/निरीक्षण गरेको हो । चालू आर्थिक वर्षमा मुलुकका १ सय ४० स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने सङ्घीय सरकारको लक्ष्य छ । सङ्घीय सरकारको लक्ष्यलाई साथ दिँदै तिलोत्तमा नगरापालिकाले चालू आर्थिक वर्षको बजेटमा औद्योगिक ग्राम स्थापनाको काम अघि बढाउन रकम समेत विनियोजन गरेको छ । सडक तथा विद्युत्को पहुँच रहेको सो स्थान रोहिणी नदीको उकास क्षेत्र हो । त्यहाँ हाल केही बुट्यान छन् । औद्योगिक … Continue reading तिलोत्तमा औद्योगिक ग्राम स्थापनाको तयारी, उद्योग मन्त्रालयले जग्गाको निरीक्षण गर्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed