मस्तिष्कघात केन्द्र सञ्चालन

विराटनगर (अस) । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले नेपालमै पहिलो पटक ‘न्यूरो ब्रेन अट्याक सेण्टर’ ( मस्तिष्कघात केन्द्र) सञ्चालनमा ल्याएको छ । अस्पतालले विराटनगरमा एक कार्यक्रम आयोजना गरी सो जानकारी दिएको हो । पूर्वाञ्चलमै पहिलोपटक न्यूरोलोजी सेवा शुरू गरेको उक्त अस्पतालले २ दशकपछि मस्तिष्कघात केन्द्र सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष डा.वीरेन्द्रकुमार विष्टले जानकारी दिए ।