गणेश विष्ट
भोजपुर । भोजपुरमा दुई ठूला जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । टक्सार पिखुवा खोला जलविद्युत् आयोजनाको काम तीव्र गतिमा भइरहेको छ भने इष्टर्न हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । पिखुवा खोला जलविद्युत् आयोजना ८ मेगावाट र इष्टर्न जलविद्युत् आयोजना ५ मेगावाट क्षमताका छन् ।
दुई आयोजनामध्ये एक आयोजना मात्र सञ्चालनमा आउने हो भने जिल्लामा पर्याप्त विद्युत् पुग्ने देखिन्छ । भोजपुर नगरपालिका–१२, सिक्तेल बेहेरे दोभानमा निर्माणाधीन पिखुवा खोला जलविद्युत् आयोजनाको काम १५ प्रतिशत सम्पन्न भइसकेको छ । साँढे ५ किलोमिटर ट्र्याक खोल्नुपर्नेमा अहिलेसम्म ३ किमी खोलिएको र अन्य काम पनि तीव्र गतिमै भइरहेको टक्सार पिखुवा हाइड्रोपावर प्रालिका पूर्वसंस्थापक अध्यक्ष अम्बिकाप्रसाद ढकालले जानकारी दिए । उनले भने, ‘यो आयोजना हामी समयमा नै सम्पन्न गर्छाैं र सम्पन्न भएपछि भोजपुरलाई पहिलो प्राथमिकतामा राखेर मात्र लाइन वितरण गरिन्छ ।’ रू. १ अर्ब ५० करोड लागतमा सञ्चालनमा आएको यो आयोजना २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
त्यसैगरी, इस्टर्न जलविद्युुुुत्को काम ८५ प्रतिशत पूरा भएको छ । प्राविधिक समस्याका कारण झण्डै साढे ५ वर्ष आयोजनाको काम रोकिएको थियो । रू. १ अर्ब १४ करोड रुपैयाँ लगानीमा बन्ने यो आयोजना पीपीएअनुुुुसार २०७६ असारसम्म सकिनुुपर्ने हो । तर, कामको तीव्रता हेर्दा आगामी असोजभित्रै सकिने सम्भावना बढेको छ । आयोजना अधिकृत दिपेन राईले लामो समय बन्द रहेको आयोजना डेढ वर्षमै ८५ प्रतिशतभन्दा बढी काम सम्पन्न गरिएको जानकारी दिए । उनले भने, ‘निर्माणकार्यको गति हेर्दा सम्झौता अवधि अगावै सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं ।’
२०६२मा तत्कालीन समयका लागि ४५ करोड लगानीमा २ दशमलव ५ मेगावाट विद्युुुुत् उत्पादन हुुुुने नेपाल विद्युुुुत् प्राधिकरणसँगको सम्झौताअनुुुुरूप आयोजनाको सर्वे गरिएको थियो । २०६७ देखि आयोजनाको निर्माण शुरूुुरु गरिए पनि सडक, विद्युुुुत् प्रसारण, इन्धन, नाकाबन्दी, भूकम्प, राजनीतिक गतिरोधलगायत कारण निर्माण ठप्प जस्तै भयो । २०७२को अन्त्यतिर आयोजनाको विद्युुुुत् क्षमता बढाएर ५ मेगावाट पुुुु¥याइएपछि कामको थालनी गरिएको थियो ।
चालू आवको साउन पहिलो हप्तासम्म आयोजनाको क्षेत्रको ९० प्रतिशत र मेकानिकल ६० प्रतिशत काम देखिए पनि समग्रमा ८५ प्रतिशतभन्दा बढी निर्माणकार्य सम्पन्न भएको छ । आयोजनाको विद्युुुुत्गृहदेखि मुुुुहानसम्मको ४ किलोमिटर एड्रेस पाइप बिछ्याउने, टर्बाइन राख्ने, फोर बे निर्माण, मुुुुहानको बाँध बाँध्ने काम ९० प्रतिशतभन्दा बढी सकिएको छ । वर्षात् शुुुरू भइसक्दा मुुुुहानको बाँध बाँध्ने काम अन्तिम चरणमा पुुुुर्याइएको आयोजनाका प्रमुुुुख एवम् इञ्जिनीयर रोशन साहले बताए । यसबाहेक फेब्रिकेसन कच्चा फलामका पातालाई पाइपका लागि जोड्ने, दोबार्ने, वेल्डिङ गर्ने काम, मुुुुहान बाँधको वाल उठाउने काम भइरहेको छ । यी दुई आयोजनाको निर्माणको क्रममा २ सयभन्दा बढी कामदारले रोजगारी पाएका छन् ।











