भीमदत्त नगरपालिका : पर्यटन पूर्वाधार निर्माणमा जोड

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकालाई पर्यटकीय नगरीका रूपमा विकास गर्न भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको छ । अहिले नगरपालिकाले नगर विकास र समृद्धिका लागि पर्यटनलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिरहेको छ । नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि गत आर्थिक वर्षमा करोडौं रुपैयाँ खर्च गरेको थियो ।