भदौ १३, काठमाडौं । बुधवार कारोबार भएको पहिलो एक घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव २० प्रतिशत घटेको छ । कारोबार भएको १५ मिनेटसम्म बढेको बजार एक घण्टाको अवधिमा २ दशमलव ३३ अङ्कले घटेर १ हजार १ सय ७४ दशमलव ७६ विन्दुमा पुगेको छ ।
कारोबार भएका ८२ कम्पनीको रू. १ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका नौ समूहको परिसूचकमा वित्त समूह र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । नेपाल इन्भेष्टमेण्ट बैङ्कको प्रतिकित्ता रू. ६ सय ३० मा रू. ४५ लाख ४२ हजार बराबरको शेयर कारोबार भएको छ ।











