भदौ १३, काठमाडौं (अस) । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डको साउन मसान्तमा प्रति एकाई खुद मूल्य रू. ८ दशमलव ६७ रहेको छ । गत आवको असार मसान्तमा योजनाको प्रति एकाई खुद मूल्य रू. ८ दशमलव ६६ रहेको थियो । साउन मसान्तमा योजनाले सूचिकृत धितोपत्रमा रू. ७० करोड ६२ लाख लगानी गरेको छ ।
साथै, योजनाले ५८ ओटा कम्पनीहरुमा रू. ७० करोड ५५ लाख शेयरमा लगानी गरेको छ । साउन मसान्तसम्ममा कम्पनीको कुल ब्यय रू. २१ करोड ५८ लाख रहेको छ । सो समयमा कम्पनीको प्राप्त भइसकेको आम्दानी रू. १२ लाख ७५ हजार रहेको छ भने प्राप्त भईनसकेको नोक्सानी रू. २१ करोड ४६ लाख रहेको छ । योजनाको बैङ्क मौज्दातमा रू. २९ करोड ४३ लाख रहेको छ । योजनाको व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।












