भदौ १३, काठमाडौं (अस) । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड- १ को गत आवको साउन मसान्तमा प्रति एकाई खुद मूल्य रू. १० दशमलव ७८ रहेको छ । असार मसान्तमा योजनाको प्रति एकाई खुद मूल्य रू. १० दशमलव ८४ रहेको थियो । साउन मसान्तमा योजनाले सूचिकृत धितोपत्रमा रू. २३ करोड २७ लाख लगानी गरेको छ ।
साथै, योजनाले ३७ ओटा कम्पनीहरुको रू. ३० करोड ७८ लाख शेयरमा लगानी गरेको छ । साउन मसान्तसम्ममा कम्पनीको कुल ब्यय रू. १० करोड ३८ लाख रहेको छ । सो समयमा कम्पनीको प्राप्त भइसकेको आम्दानी रू. ३ लाख ५६ हजार रहेको छ भने प्राप्त भईनसकेको नोक्सानी रू. १० करोड ३१ लाख रहेको छ । योजनाको बैङ्क मौज्दातमा रू. १३ करोड ९३ लाख रहेको छ । योजनाको व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।












