भदौ १३, काठमाडौं (अस) । बुधवार नेप्से कारोबार भएको दोस्रो घण्टाको अवधिमा १ सय २१ कम्पनीको १ लाख ३९ हजार ९ सय ५५ कित्ता शेयरको रू. ४ करोड ७७ लाख बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा नेप्से परिसूचक शून्य दशमलव २१ प्रतिशत घटेको छ । नेप्से २ दशमलव ४९ अङ्कले घटेर १ हजार १ सय ७४ दशमलव ६० विन्दुमा पुगेको छ ।
कारोबार भएका नौ समूहको परिसूचकमा होटल समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । नेपाल इन्भेष्टमेण्ट बैङ्कको प्रतिकित्ता रू. ६ सय ३० मा रू. ६९ लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ ।











