भदौ १३, काठमाडौं (अस) । बुधवार कारोबार भएको तेस्रो घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव ४२ प्रतिशत घटेको छ । कारोबार भएको १५ मिनेटसम्म बढेको बजार सो पछि यस अवधिसम्म ४ दशमलव ९९ अङ्कले घटेर १ हजार १ सय ७२ दशमलव १० विन्दुमा पुगेको छ । कारोबार भएका १ सय ४५ कम्पनीको रू. १० करोड बराबरको शेयर कारोबार भएको छ ।
कारोबार भएको १० समूहको परिसूचकमा होटल समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो । नेपाल इन्भेष्टमेण्टको प्रतिकित्ता रू. ६ सय २९ मा रू. ९९ लाख २३ हजार बराबरको सर्वाधिक शेयर कारोबार भएको छ ।











