भदौ १३, कठमाडौं (अस) । एनआईबिएल म्युचुअल फण्डद्वारा सञ्चालित एनआईबिएल प्रगति फण्डले साउन मसान्तमा रू. ५५ करोड १४ लाख २५ हजार धितोपत्रमा लगानी गरेको छ । यस योजनाले अघिल्लो महीनाभन्दा रू. ५४ लाख ६६ हजार कम धितोपत्रमा लगानी गरेको हो । अघिल्लो महीनासम्म योजनाको धितोपत्रमा रू. ५५ करोड ६८ लाख ९१ हजार लगानी रहेको थियो । यस योजनाले विभिन्न ६४ कम्पनीको सूचीकृत शेयरमा रू. ५२ करोड ३३ लाख १८ हजार र सार्वजनिक निष्कासन, हकप्रद र बोनस शेयरमा रू. २ करोड ८१ लाख ६ हजार लगानी गरेको उल्लेख छ ।
साउन मसान्तमा रू. ७ दशमलव ६३ प्रति एकाई खुद मूल्य रहेको यस योजना सो अवधिसम्म रू. १ करोड ३७ लाख ५७ हजार घाटामा रहेको छ । प्रति एकाई ७ करोड ५० लाख रहेको यस योजनाको खुद सम्पत्ति रू. ५७ करोड १९ लाख ८३ हजार रहेको छ । योजनाको बैङ्क मौज्दातमा रू. १ करोड ६७ लाख ९८ हजार रहेको छ ।












