भदौ १३, नयाँ दिल्ली (भारत) । भारतमा सन् २०१६ को नोभेम्बरमा खारेज गरिएका ५ सय र १ हजार भारुका करीब सबै नोट फिर्ता आएका छन् । केन्द्रीय बैङ्क ‘रिजर्भ बैङ्क अफ इन्डिया’ (आरबीआई)ले बताएअनुसार बैङ्किङ प्रणालीमा ९९ प्रतिशत ३० प्रतिशत बदर नोट फिर्ता आएका छन् । यसको अर्थ नगण्य नोट मात्रै प्रणाली बाहिर रहेका छन् ।
नोभम्बर ८ मा अमौद्रिकीकरण लागू हुनु पूर्व पाँच सय र हजार रुपयाँका १ सय ५० खर्ब ४१ अर्ब रुपया मूल्य बराबरका नोट सर्कुलेशनमा थिए । तर बैङ्कमा १ सय ५० खर्ब ३१ अर्ब रुपयाका मात्रै नोट फिर्ता भएको बताइएको छ । यसको अर्थ १ खर्ब ७ अर्ब २० करोड रुपयाका बदर नोट मात्रै बैङ्किङ प्रणालीमा आएनन् । खारेज भएका कुल नोटमा १ हजार र ५ सय रुपयाको हिस्सा क्रमश: ४४ प्रतिशत र ५६ प्रतिशत थियो ।
सरकारले ५ सयको पुरानो नोटको सट्टा नयाँ नोट ल्यायो । तर एक हजारको नोटलाई भने विस्थापित गर्न कुनै नोट जारी भएन । बरु २ हजार रुपयाँको नोट जारी गरिए । अमौद्रिकीकरण पछि आर्थिक वर्ष २०१६/१७ मा आरबीआईले ५ सय र २ हजार भारुको नोट छाप्न ७९ अर्ब ६५ करोड रुपयाँ खर्च गरेको यो । नोटबन्दी गर्नुभन्दा अघिको वर्ष अर्थात् आर्थिक वर्ष २०१५/१५ मा भएको खर्चको दोब्बरभन्दा धेरै हो ।
अघिल्लो वर्ष भने नोट छाप्न ३४ अर्ब २१ करोड रुपया खर्च भएको थियो । गत आवमा पनि आरबीआईले नोटहरु छाप्न ४९ अर्ब १२ करोड रुपया खर्च गरेको छ । अमौद्रिकीकरणका कारण नगद सङ्कट उत्पन्न भएका आर्थिक गतिविधि नै ठप्प बनेपछि सरकारले कालो धन र भ्रष्टाचारलाई नियन्त्रण गर्न र नक्कली नोटलाई तह लगाउन त्यस्तो कदम चालिएको भनेर नोटबन्दीको बचाउ गरेको थियो । तर सबै नोट फिर्ता हुनुले आरबीआईको कदम पूर्णत: असफल भएको सङ्केत गरेको छ । एजेन्सी












One Comment
हरिशर्मा६०
मोदीको नोटबन्दीले अनाहकमा नेपालीहरु लुटिए । भारतले ब्याज समेत छति पूर्ति दिनु पर्ने हो ।