उद्यम र उद्यमशीलताप्रति विद्यार्थीको चासो

म्याग्दी (अस) । म्याग्दीको सदरमुकाम बेनीस्थित वेष्ट पोइण्ट कलेजमा अध्ययनरत विद्यार्थीले उद्यम र उद्यमशीलताप्रति चासो देखाएपछि कलेजमा ‘प्यानल डिस्कसन’ कार्यक्रम सम्पन्न भएको छ । वेष्ट पोइण्ट कलेज बीबीएस चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीले उद्यम र उद्यमशीलता विषयक सामूहिक छलफल कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गत महिला उद्यम विकास समितिका सभापति, सुनीता केसी । अल्लो कपडा उद्योगको सञ्चालक, विष्णु गुरुङ, गलेश्वर मसला उद्योगका सञ्चालक, म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गत महिला उद्यम विकास समितिका सदस्य गङ्गा खत्रीलगायतसँग विद्यार्थीले उद्यम र उद्यमशीलताको विषयमा छलफल गरेका थिए । कलेजका प्रिन्सिपल वीणा झाले व्यवस्थापन कलेजमा सैद्धान्तिक ज्ञानसँगै यसको व्यावहारिक पक्षलाई अभ्यास गर्न कार्यक्रमको आयोजनना गरिएको बताइन् ।