स्वदेशी लघुवित्तको हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुक क्लोज

भदौ १४, काठमाडौं (अस) । स्वदेशी लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि भदौ २५ गते एक दिन बुक क्लोज गरेको छ । कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुक क्लोज गरेको हो । भदौ २४ गतेसम्म शेयर किन्ने शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले रू. १ सय अङ्कित दरको ११ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।